भीरबाट खसेको ढुंगा लागेर आमा बच्चा गम्भीर घाइते

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ बस्ने सुत्केरी भएकी२४ वर्षीया सारदा सार्की र पाँच दिनकी नवजात शिशुलाई भीरबाट आएको ढुंगा लागेर घाइते भएकी छन् ।
सुदाडाबाट जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउदै गर्दा बडीमालिका नगरपालिका–२ भौनेराको भीरमा हिड्दै गर्दा माथिबाट खसेको ढुंगा लागेर घाइते बनाएको खप्तड छेडेदह गाउँपालिका–७ का वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।
शुक्रबार घरबाट आउदै गर्दा सार्की पाँच दिनकी सुत्केरी र नवजात शिशु बोकेर ल्याउने क्रममा भौनेरा पुल छेउमा ढुंगा लागेर घाइते भएको खवर वडा सदस्य धना विष्टले जानकारी गराएपछि उद्धार गरेर जिल्ला अस्पतालमा उपचार गर्दा अवस्था गम्भीर भएकाले शुक्रबार राति नै नगरपालिकाको एम्बुलेन्समा धनगढी पठाइएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।
पाँच दिनकी सुत्केरी महिला नवजात शिशुको उपचारका लागि पैदल हिडेर आउने क्रममा भौनेरा पुल माथिको भीरबाट ढुंगा लागेर घाइते बनाएको हो ।
घाइते भएकी आमा र नवजात शिुशु(बालिका)को थप उपचारका लागि धनगढी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply