जिल्लाकाे लालझाडी गाउँपालिका-६ चानदेवमा सञ्चालित जनता मेडिकलबाट प्रहरीले अबैध औषधि सहित मेडिकल सञ्चालनलाई पक्राउ गरेकाे छ । शुक्रबार ४ गते बेलुका अबैध औषधि सहित मेडिकल सञ्चालक बेलाैरी-९ कुण्डाका बर्ष ४३ का सुनिराम चाैधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
साे मेडिकलमा अबैध औषधि वेचविखन हुन्छ, भन्ने गाेप्य सुचनाका आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र ईलाका प्रहरी कार्यालय बेलाैरीबाट प्रहरी नायव निरिक्षक प्रकाश दत्त जोशीकाे कमाण्ड खटिएकाे प्रहरी टाेलिले साे मेडिकलमा खानतलासि गर्दा बेचविखन गर्न नमिल्ने अबैध १९ प्रकारका औषधि सहित सञ्चालक चाैधरीलाई पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका ईन्चार्ज प्रहरी निरिक्षक गाैरीप्रसाद जैशीले बताउनु भयाे ।
उनले भने “बरामद औषधि र मानिसलाई आवश्यक कार्वाहिका लागि औषधि विभाग व्यवस्था कार्यालय नेपालगन्ज बाँके पठाएकाे छाै ।”
साे मेडिकलले बेच्न नमिल्ने अबैध औषधि खुवाउने र चर्काे शुल्क लिने गरेकाे स्थानियहरू बताउछन् । एक जना स्थानियले नाम नखाेल्ने सर्तमा भने “हाई डाेजकाे औषधि खुवाएर विरामिलाई राम्रो हुन्छ भन्ने विश्वासमा समेत पार्ने गरेकाले बेला बेलामा थुप्रै घटना हुने गरेका र ती घटना गाेप्य रूपमा गाउमै मिलाउदै आएको बताए ।”
कञ्चनपुर प्रहरीले यस अघि जिल्लाकाे भिमदत्त नगरपालिकामा सञ्चालित विभिन्न स्थानका मेडिकलमा छापामारी अबैध रूपमा सञ्चालित मेडिकलमा राखिएका औषधि र सञ्चालकलाई पक्राउ गरी कार्वाहिका लागि मुद्वानै चलाएकाे थियाे ।
उक्त जनता मेडिकल हलबाट प्रहरीले बरामद गरेका औषधि निम्ना अनुसार छन् ।
१) PREGA-150 =६ डब्बा x 100×6= 600 क्यापसुल
२) VIGORE-IP100MG=55 TEBLET
३) MECOGLEN -0D-12 प्याकेट-10×12=120 क्याप्सुल
४) Derniford -15 g -33 पिस indian
५) skine shine-cream-15 पिस
६) Elosone-HT skine -8पिस
७) Mefetce-spos-tablets= 200 tabalet
८) Mictofol-spos= 10 प्याकेट
९) Asthali-n-4-315 tablet
१०) Unwanted-kit-6 पिस, 6×5=30 tablet
११) Medley crestorage -6×10=60 पिस
१२) Tryptin 25- 250 tablet
१३) Nimes utide 65 tablet
१४) Neurocan forire 60 tablet
१५) CTZ 150 tablet
१६) Bestiosol 110 tablet
१७ )Injactinol of vitamaim bit 50 पिस
१८ )Bebnesul 3 पिस
१९) I-drop-Earue 10 पिस
