उपचारको अभावमा मानसिक रोगी,सरकार खोज्दै सहिद परिवार’

धनराज विक ÷ असोज ८
धनगढी :- “गणतन्त्र ल्याउनका लागि छोरा सहिद भएकोमा दुःख लागेको छैन् । तर मानसिक रोगी नातीको गरिबीका कारण उपचार गर्न नसक्दा छाती भत्भतती पोलेर आउँछ र मन धेरै दुखेको छ ।” यो मार्मिक भनाई हो ६० वर्षिय बमबहादुर रावलको ।

खप्तडछाना गाउँपालिका वडा नम्बर ३ बझाङ थाप्लीकोट घर भएका रावलले यतिबेला सहिद भएका छोरालाई झल्झली सम्झने गरेकाछन् । मानसिक रोगले एकवर्ष देखि बन्द कोठाभित्र थला परेको २१ वर्षको नाती किरण रावलको जब दुःख देख्छन् घरीघरी सरकारलाई सम्झने गर्छन् । मानसिक रोगी नातीको कसैले उपचार गरी दिन्छनकी भनेर उनले सरकारलाई सम्झने गर्काछन् ।

व्यवस्था परिवर्तनका निम्ती छोरा सहिद भयो । बुहारीले दोस्रो विवाह गरेर गईन् । सानो एकनाती र नातीनीलाई हामी बाजे र बजैैले पालेर बस्यौ । उनले भने –“नातीनीले विवाह गरेकीछन् । नाती मानसिक रोगीको बिरामी भएर एकवर्ष देखि बन्द कोठाभित्र बिस्तरामा थला परेको छ । बुहारी माईतमा गएर बसेकीछन् । हामीसंग पैसापनि छैन् नातीलाई उपचारमा सहयोग गरिदिने घरमा कोही मान्छेपनि छैन ।” हामीलाई अरुको साहारा र सहयोग चाहिएको बेला मानसिक रोगले बिरामी नातीको स्याहार सुसार गर्न धेरै कठिन भएको उनले बताए ।

६० वर्षका बमबहादुरले आफूले भोगेका दुःखकष्ट पीरमर्का नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व राज्यमन्त्री कर्णबहादुर बिक (केशव) लाई भाबुक हुँदै सुनाएका थिए । बाजुरा घरभएका बिक जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत घरघरमा माओवादी जनजनमा माओवादी ३ महिने अभियानका क्रममा बझाङ पुगेका थिए । अभियानको खप्तडछाना गाउँपालिकाको कमान्डर समेत रहेका बिकले गाउँपालिकामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानमा घरभेटमा जाँदा आर्थिक अभाबमा मानसिक रोगीको बिचल्ली भएको आफूले थाहा पाएको बिकले बताए ।

सहिद परिवारका सदस्यको मानसिक रोगको उपचार हुन नसकेको थाहा पाउने बित्तिकै म घरमा भेट्न गएको थिए । म पुग्दा २१ वर्षका मानसिक रोगी किरण रावल बन्द कोठाभित्र एक्लै थिए । मानसिक रोगी किरणका बृद्धबाजे र बजैको स्वास्थ्य अवस्था पनि निकै कमजोर रहेको मैले पाए । उहाँहरुको अवस्था मन थाम्न नसकिने थियो आफूलाई पनि धेरै दुःख लागेको उनले बताए ।

आजसम्म कोहिपनि भेट्न आएका थिएनन् । तँपाई आउनु भयो सहिद भएको छोरा घरमा आए जस्तो लागेको भनेर बुवा र आमाले मलाई भन्नु भयो । कुरागर्दै जाँदा उहाँले भन्नु भयो नातीकै भर परेर बाँचेका थियौ नातीनै बिरामी भएपछि हाम्रो पनि बिचल्ली भएको छ । नातीकोपनि बिचल्ली भएको छ । पहिले बिरामी भएकोबेला गाउँले र पार्टीले नै सहयोग गरेर उपचार गरेका थिए । पछि कोहीपनि सम्पर्कमा आएनन् हामीले पनि उपचार गर्न नसक्दा नाती बिस्तरामा थला परेको छ । उनले भने –“ छोरा रामजन रावल देश र जनताका पक्षमा जनयुद्धमा होमिएको थियो, राज्यपक्षबाट उसको हत्या भयो । छोरा देशका निम्ती सहिद भयो केही दुःख छैन्, मानसिक रोगी नातीको गरिबीका कारण उपचार गर्न नसक्दा मेरो मन धेरै दुखेको छ ।”

मानसिक रोगी नातीको उपचारका लागि सहयोग गरीदिन उनले सरकारसंग अनुरोध गरेकाछन् । आफ्ना कुराहरु सरकार कहाँ पुगाईदिनु भनेर मलाई भन्नु भएको छ । सरकार खोजिरहेका रावल परिवारलाई स्थानीय सरकारले घरआँगनमै सरकार भएको अनुभूती दिलाउनु पर्ने पूर्वराज्यमन्त्री बिकले बताए । स्वास्थ्य उपचारको लागि आफूपनि लागि परेको र सहयोगका लागि तीनै तहका सरकार र मानविय मनभएका सबैसंग सहयोगका लागि बिकले आग्रह समेत गरेकाछन् ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले किरण रावल मानसिक रोगी भई उपचार गर्न नपाएको जानकारी मैले तँपाई पत्रकारबाट थाहा पाएको बताए । उनको र मेरोगाउँ एकैठाउँ हो । अहिलेसम्म किरणको अवस्थाबारे मलाई कसैले जानकारी गरेका छैनन् । उनको बारेमा बुझेर स्थानीय सरकारले आवश्यक सहयोग गर्ने अध्यक्ष रोकायाले बताए ।

मानसिक रोगी किरण रावल बस्ने वडा नम्बर ३ का वडा अध्यक्ष गौरी अधिकारीले उनको र मेरो घर थाप्लीकोट ओल्लो र पल्लोगाउँ भएको बताउँदै उनी मानसिक रोगी भएको आफूलाई थाहा भएको बताईन् । केही समय पहिले किरण र किरणको श्रीमतीको झगडा भएपछि उनकी श्रीमती माईत गएकी थिईन् । माईत गएकी श्रीमतीलाई लिनजाँदा विवाद हुँदा किरणले आँसीले हान्न खोजेका रहेछन् । गाउँलेले लखेट्दा उनको खुट्टा भाँचिएको थियो ।

त्यतिबेला हामीहरु सबै मिलेर नै जिल्ला अस्पताल बझाङ लगेर उपचार पनि गरेका थियौ । किरणले सबैलाई हातपात गर्न थालेपछि कोठामा थुनेर राखिएको जानकारी मैले पाएकी थिए । उनको घरमा सहयोग गर्ने मान्छेपनि कोही छैनन् भने आर्थिक अवस्था पनि धेरै कमजोर छ । करिब ५ महिनाजति भयो मेरोभेट भएको छैन् । उनको पछिल्लो अवस्था बुझेर मानसिक रोगको उपचारमा सरकारले सहयोग र आवश्यक पहलगर्ने अधिकारीले बताईन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा विगत लामो समयदेखि विभन्न जिल्लामा पुगेर काम गर्दै आएका र हाल बझाङ जिल्लामा कार्यरत मनोसामाजिक परामर्शर्ता शान्त बहादुर खड्काले उपचारको अभाबमा मानसिक रोगी थला परेको कुरा सुन्दा धेरै दुःख लागेको छ । स्थानीय सरकारले तत्काल उनको उपचारमा आवश्यक सहयोग गरी पहलकदमी लिनुपर्ने बताए ।

उपचार नपाएर कुनैपनि नागरिकले तड्पिनु राम्रो होईन् । मेरो सरकार छ भन्ने अनुभूती मानसिक रोगी किरण रावलले गर्न पाउने गरी स्थानीय सरकारले काम गर्नुपर्छ । बझाङ जिल्ला अस्पतालमा मानसिक रोगको उपचार निशुल्क रुपमा हुन्छ । खप्तडछान्ना गाउँपालिका र वडा सरकारले पहलकदमी लिएर मानसिक रोगीको उपचारमा तत्काल भूमिका खेल्नुपर्ने खड्काले बताए ।

जिल्लामा रहेका सरोकारवाला निकायलाई उपचारमा सहयोग गर्न खड्काले अनुरोध समेत गरेकाछन् । समस्यामा परेका व्यक्ति र उनको परिवारलाई आवश्यकतामा आधारित मनोपरामर्श सेवा दिएर आफूले सहयोग गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply