दुना टपरी उद्योग सञ्चालन गर्दै वनदेवी सामुदायिक वन

कञ्चनर : कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ राजघाटका महिलाहरूले दुना टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । वनदेवी सामुदायिक वन उपभोक्ता समुह ९ राजघाटका महिलाहरूले
वनदेवी सामुदायिक वन उपभोक्ता समुहको समन्वय रतराई भु-परिधि तालले मेसिन खरिद गरि उद्योग सञ्चालन गर्न सहयोग गरेको वनदेवी सामुदायिक वन उपभोक्ता समहका अध्यक्ष निरज भण्डारीले बताउनुभयो ।

प्लास्टिकका सामाग्रीको बढ्दो प्रयोगले पातको दुना टपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सीपलाई उपयोग गरी स्थानीय महिलाहरूलाई व्यावसायिक बनाउन आगामी दिनमा वडा समेत तालिम लगायत बजारीकरणमा कृष्णपुर नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख हेमराज ओझाले बताउनुभयो ।
सालको पातको टपरी बनाउने चलन नयाँ पुस्तामा हराउँदै गएको समयमा पुर्ख्यौली वस्तुहरू जगेर्ना गर्नसमेत यो उद्योगले सार्थकता पाउने सब डिभिजन वन कार्याल पिपरियाले जनाएको छ ।

गाउँघरमा प्लास्टिकका सामग्रीको प्रयोग न्यूनीकरण, स्थानीय वनमा पाइने सालको पातको सदुपयोगसँगै आयआर्जन वृद्धिमा सघाउने उद्देश्यले दुना टपरीको उद्योग सञ्चालनमा ल्याएको सिएफसिसि कञ्चनपुरका अध्यक्ष महेश जाेशीले बताउनुभयो । ग्रामीण भेगमा रहेका महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्य सहित वनदेवी सामुदायिक वनले आफ्नै भवनमा मेसिन राखी उद्योग सञ्चालन गरेको छ ।


वनका अध्यक्ष निरज भण्डारीका अनुसार हरेक महिना पात टिप्नका लागि वन खुलाइनेछ । महिलाहरूले आफैँले केही गर्छु भनेर व्यवसाय सुरु गर्न थाल्नुभएको छ , उद्यमी बनाउनका लागि वनले सदैव सहयोग गर्ने भण्डारीले बताउनुभयो । उहाँका अनुसार महिलाहरूलाई उद्यमी बनाउनै कै लागि

तराई भु- परिधिले डेढले लाख रुपियाँ अनुदानमा मेसिन खरिदको लागि वन समूहलाई सहयोग गरेको थियो । वनदेवी सामुदलले १ लाख गरी २ लाख पचास हजार काे मेसिन खरिद गरि उद्योग सञ्चालनमा ल्याएको हो । सामाग्रीको बढ्दो प्रयोगले पातको दुना टपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सीपलाई उपयोग गरी स्थानीय महिलाहरूलाई व्यावसायिक बनाउन आगामी दिनमा वडा समेत तालिम लगायत बजारीकरणमा वडा न ९ ले सहयोग गर्ने वडाध्यक्ष कैलाश बलायरले बताउनुभयो । यस्तै दुना टपरी बनाउने सीप मुलक तालिम यहि असोज दस गते देखि श्रोह गते सम्म बनदेबी सामुदायिक उपभोक्ता समुहको सभा हलमा कार्यक्रम सन्चालन भैरहेको छ । कार्यक्रममा आर्थिक सहयोग भने तराई भु परिधी कोहलपुर बाकेको सहयोगमा सिएफसिसी वाणी कंचनपुरको आयोजना समन्वयभने बनदेबि सामुदायिक उपभोक्ता समुहले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिती कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझा , तथा सभा अध्यक्ष सिएफसिसी कंचनपुरका अध्यक्ष महेस जोशी रहेका थिए । भने बिशिस्ट अथितिमा वडा नम्बर नौका अध्यक्ष कैलाश बलायर सब डिभिजन बन कार्यालय पिपरियाका अधिकृत नवीन सिह थिए भने कार्यक्रमको संचालक शिव दत्त पन्थले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply