धनगढी – कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समुहको १२औं साधारणसभा शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष जाेगराज चौधरीको सभाध्यक्षता एवम् कञ्चनपुर डिभिजन वन कार्यालय प्रमुख भिम प्रसाद कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि कडेलले वन क्षेत्रको प्रयोगसंगै संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको प्रयोग र संरक्षणमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । उहाँले सामुदायिक वनहरु रोजगारमुलक र व्यवसायिक तरिकाले अगाडि बढ्न आवश्यक रहेको समेत बताउनुभयो । सामुदायिक वनका उपभोक्ताहरुको आर्थिक पाटो सफल बनाउने खाले कार्यक्रम छनोट गर्न र कार्यान्यन गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बाबुराम चौधरीले सामुदायिक वन र उपभोक्ता दुवैलाई फाइदा हुने हिसाबले काम गर्नुपर्ने बताउनुभयो । साधारणसभामा संस्थाका कोषध्यक्ष दानबहादुर राना ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि जिल्ला कञ्चनपुर डिभिजन वन कार्यालयका अधिकृत शिवराज अवस्थी 
कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बाबुराम चौधरी , सब डिभिजन वन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह, पुर्वाधार विकास मन्त्रालय शाखा अधिकृत नवराज भट्ट, महाकाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वीर बहादुर राजवंशी कृष्णपुर नगरपालिका ६ का पुर्व वडा अध्यक्ष नत्थुराम चौधरी सामुदायिक वनका प्रतिनिधि लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सारदा रानाले प्रस्तुत गरेकी थिइन् । कार्यसमिती उपाध्यक्ष जय राज भण्डारीकाे स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन
लाेग बहादुर महराले गर्नुभएको थियो । कृष्णपुर नगरपालिका वार्ड नंं ५ र ६ का करिब ३ सय ६८घरधुरी उपभोक्ता रहेको सामुदायिक बन २०४.९७ हेक्टर क्षेत्रफल रहेको छ।
स्थानीय सांस्कृतिक कार्यक्रम गरिनुका साथै
कलाकार, समाजसेवी, बुद्धिजीवी लागायत विषेश ब्यक्ति लाई सम्मान तथा मायाको चिनाे प्रदान गरेका थिए ।
