हात्तीको बथानले कृष्णपुर नगरपालिका ४ स्थित चपरतलाका तीन घर भत्कायो

कञ्चनपुरको उत्तरी चपरतला गाँउमा जंगली हात्तीले तीन घर भत्काईदिएको छ । गयराती हात्तीको बथानले कृष्णपुर नगरपालिका ४ स्थित चपरतलाका तीन घर भत्काईदिएको हो ।

कृष्णपुर नगरपालिका ४ का वडाध्यक्ष धर्म बहादुर सिहले जंगली हात्तीले गाँउ पसेर घर तथा अन्नबालीमा क्षर््ाति गरेको बताए । वडाध्यक्ष सिहका अनुसार श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काईदिएको छ । हात्तीले बस्ने घरै भत्काईदिएपछि चौधरीत्रय परिवार विचल्लीमा परेका छन ।

उनीहरुमा सोही घरमा बस्दा पुन हात्ती आउने त्रास र नयाँ बनाउन रकम नहुँदा समस्यामा परेका छन । उक्त गाँउका १५ स्थानीयको झण्डै साढे तीन चार विगाहको धानबाली नष्ट गरिएको छ । पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसान मर्कामा परेका छन ।

‘गाँउमा हात्ती आएपछि स्थानीय घर छाडेर भागेका रहेछन, ‘वडाध्यक्ष सिहले भने, ‘घर छाडेर भाग्दा ज्यान जोगाए, तर घर भने हात्तीले भत्काईदिएछ ।’ वडाध्यक्ष सिहले हात्तीबाट पीडितलाई राहत एव आवश्यक सहयोगका लागि क्षतिको एकिन विवरण संकलन भईरहेको बताए । जंगली हात्तीले कञ्चनपुरमा धानबालीदेखि भौतिक तथा मानविय क्षति पु¥याउँदै आएपछी स्थानीय त्रसित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply