सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर नेपालमा भित्र्राईरहेका अवैध जुत्ता सशस्त्र प्रहरीले नियन्त्रणमा

सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर नेपालमा भित्र्राईरहेका अवैध जुत्ता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलले बुधबार बिहान भारतबाट तस्करी गरेर नेपाल भित्र्राईरहेको अवस्थामा लाखौँ मुल्य पर्ने अवैध जुत्ता नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यको कमाण्डका खटिएको टोलीले भीमदत्त नगरपालिका ११ भुजेला क्षेत्रबाट ३सय ५८जोर जुत्ता बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका अनुसार बच्चा, किशोरकिशोरी, युवा, युवती बृद्धबृद्धका लागि चाहिने झण्डै ३ लाख, ५० हजार बराबरका जुत्ता बरामद गरिएको छ । जुत्ता तस्करले लाखौँका समान तस्करी गर्ने सपना सशस्त्र प्रहरीले कचनाचुर बनाईदिएको छ ।

भन्सार नतिरेरै गैर कानुनी बाटो भएर नेपालमा जुत्ता ल्याउने क्रममा सशस्त्र प्रहरीले बरामद गरेर भन्सार बुझाएको छ । लाखौँका जुत्ता भन्सार नकाटेरै नेपाल भित्र्राउने कुन व्यवसायी हो भन्ने विषय सशस्त्र प्रहरीले खुलाएको छैन । बरामद गरिएका जुत्ता भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply