हमास समूहले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको परिवारका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । पार्टी प्रशिक्षण तथा सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डसँग विपिनको परिवारका सदस्यले धनगढी विमानस्थलमै पुगेर भेटेका हुन् । भेटका क्रममा परिवारका सदस्यले विपिनको खोजी तथा रिहाइका लागि आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सरकारका सबै संयन्त्रहरु परिचालन गरिएको बताएका छन् । जोशी परिवारले यसअघि विपिनको रिहाइको पहल गरिदिन भन्दै परराष्ट्रमन्त्री एनपी साउदलाई पनि भेटेर आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
