स्थित अमिटि कलेजमा विविए तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुले जाजरकोट भुकम्पका पीडितहरुलाई राहत स्वरूप आर्थिक सहयोग

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका ६ ऐठपुर स्थित अमिटि कलेजमा विविए तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुले जाजरकोट भुकम्पका पीडितहरुलाई राहत स्वरूप आर्थिक सहयोग साथै कपडाहरु सहयोग गरेका छन् । राहत स्वरुप ५१ हजार रुपैयाँको चेक तथा कपडा रेडक्रस सोसाइटी कञ्चनपुर मार्फत पीडितहरुलाई प्रदान गरिएको हो । कलेजमा ७ दिने क्लथ बैंक कार्यक्रम राखेर कपडाहरु संकलन गरेको विविए तेस्रो सत्रमा अध्ययनरत विद्यार्थी सन्तोष भट्टले बताए । उक्त राहत रकम तथा कपडा विविए तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरु सन्तोष भट्ट, रबिन जोशी र आकाश बिष्टले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई हस्तान्तरण गरिएको विद्यार्थी रबिन जोशीले बताए । विपद्को समयमा सबै मिलेर पीडितहरुलाई सहयोग गर्नुपर्ने भएकाले आफुहरुको तर्फबाट पनि सहयोग गरिएको विद्यार्थी आकाश बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply