सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको ज्यान

गत बर्ष सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको ज्यान गएको छ । सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनाबाट पनि नागरिकले जीवन गुमाउनु परिरहेको छ । कमजोर र गुणस्तरहिन सडक, मापदण्ड विपरीत सडक बन्नु, चालकको लापवाही, ट्राफिक नियमको अवज्ञा, पूराना सवारी साधनको प्रयोग, भारबहन क्षमता भन्दा बढी यात्रु बोक्ने कारणले सवारी दुर्घटनाहरु बढीरहेका छन् । यस्ता घटनाको न्यूनिकरणका लागि सरकारी सक्रियता अपेक्षाकृत हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार गत वर्ष मात्र सुदुरपश्चिम प्रदेशमा ३२० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर १७७ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७८÷७९ मा एक सय ९६ जनाको मृत्यु भएको थियो । सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ४४ पुरुष, २२ महिला, ६ बालक र पाँच बालिकाको मृत्यु भएको व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । २०७८÷७९ मा एक सय ५३ पुरुष, २७ महिला, १२ बालक र चार बालिकाको सवारी दुर्घटनामा परेर मृत्यु भएको समेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply