गणेश क्षेत्री /
धनगढी :- लुम्बिनी प्रदेश को मुल भन्सार राजापुरमा राजस्व न्यून उठ्ने गरेको
छ ! सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतो मा तस्करी भइरहेको स्थानीय बताउँछन । श्रावण महिनामा १ लाख ४९ हजार ९ सय ,भाद्र महिनामा १ लाख ६३ हजार ५ सय १९ ,असोजमा १ लाख ५४ हजार ५ सय ४१ , कार्तिक मा २ लाख ६७ हजार १ सय ७६ रुपैयाँ र मङ्सिर २४ गतेसम्म १ लाख ११ हजार ८ सय ७३ रुपैया राजस्व सड्ढलन भएको छ
भन्सार प्रमुख धन बहादुर शाही ले चोरीपैठारी नियन्त्रण गर्न दैनिक गस्ती जानेगरेको बताउनुभयो ,तस्करहरुले आँखा छलेर मालसामान भित्र्याउने सूचना को जानकारी पाएर रातभरी बालुवाको बगरमा बसेर निगरानी गर्दा समेत अबैध सामान भेटाउन नसकिएको बताउनुभयो । सूचना चुहावट हुनाले पनि समस्या हुनेगरेको प्रमुख शाही को भनाइ थियो
दैनिक ६ हजारको हाराहारी मा राजस्व उठ्ने गरेको नायब सुब्बा
गुन केसरी बिष्ट ले बताउनुभयो ! सामानको भन्सार काटिदिनुस भनेर कोहि ब्यक्ति नआएको महिनौ भयो आएपछि पो भन्सार काट्नेहो भन्नुभयो
भारतिय ब्यक्ति ले १५ किलो ममफली , आलु र सिध्रा साइकलमा ल्याउनेक्रममा नियन्त्रणमा लियर सोधपुछ गर्दा आफुसङ्गै अन्य ब्यक्ति ले चिनि ४ कुन्टल समेत ल्याएको बताएपछि गुल्मपती नरबहादुर शाही पत्रकार को सामुन्ने हुँदै नभएको कुरा गर्छन् तलाई थुन्छु भनेर आक्रोसित भएका थिए ! गुल्मपती शाहिले आफुले चोरीपैठारी नियन्त्रण गर्ने प्रयास गरेको बताउनुभयो
कार्यालय मा सामानको राजस्व नकाटेको महिनौ भएको बिष्टले बताउनुभयो !कर्मचारी मोहन सिह बोहराले जतिपनी राजस्व सड्ढलन हुन्छ त्यो औसतमा सवारी साधन बाट मात्रै उठ्ने गरेको बताउनुभयो । ईन्डिया कस्टम बिभाग ले राजापुर आउने चौगुर्दी नाकालाइ मान्यता नदिएपछि कतर्निया घाटबाट सामान ल्यायमा मात्रै बैधानिक हुने बताइएपछि सामान ओसारपसार त्यही घाटबाट हुनेगरेको र भन्सार बाट घाट को दुरि १२ किलोमीटर भन्दा धेरै भएको ले आएको सामान मिलेमतो मा भन्सार नपुगेको र चौगुर्दी , श्रीलंका घाट बाट समेत सानो डुङ्गा को प्रयोग गरेर मालसामान ओसारपसार हुनेगरेको प्रत्यक्षदर्शी ले बताएका छन
