कञ्चनपुर प्रहरीले तस्करी नियन्त्रणमा निरन्तर कार्बाही

कञ्चनपुर प्रहरीले तस्करी नियन्त्रणमा निरन्तर कार्बाही गरिरहेको छ । कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारी पाएपछि एसपी कमल थापाले तस्करी नियन्त्रयामा अलौकिक भूमिका निर्वाह गर्दै आएका छन । तस्कर समुहलाई सीमादेखि गोदामसम्मै पुगेर तह लगाउँदै आएका छन ।

फेरी मंगलबार कञ्चनपुर प्रहरी भन्सारबाट सेटिङ्ग तथा तस्करी गरेर ल्याएको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ऐठपुर क्षेत्रबाट १ लाख, ८३ हजार ७६० रुपैया बराबरको अवैध समान बरामद गरेको जनाएको छ ।

एसपी कमल थापाका अनुसार भन्सार चोरी तस्करी गरेर ल्याएका कपडा, लेडिज झोला सहित चप्पल बरामद गरिएका छन । प्रहरीले समेत तस्कर समुहमाथि निरन्तर एक्सन गर्न थालेपछि तस्कर समुहको भागाभाग भएको छ ।

प्रहरीले भन्सार चोरीछली बिरुद्धमा एक्सन गर्दै आएपनि तस्कर समुहले भने भन्सार तिर्नुको साटो अवैध समान तस्करी गर्दै आएको संस्कारले भन्सार राजस्व चुहावमा चुनौती निरन्तर थपिएकै छ । भन्सार चोरी छली बिरुद्धमा सुरक्षा निकाय सकृय गम्भिर र चिन्तित भएपनि भन्सारलाई भने केही मतलब छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply