गणेश क्षेत्री / पुष ३
कैलाली जिल्लाको टीकापुर नगरपालिका वडान ६ स्थित युनिक नेपाल लघुबित्त ले १४ जना महिलाको ४ लाख बचत फिर्ता नगरेको इन्द्रैया ४ का महिलाहरुले बताएका छन्
हाम्रो समुहमा कसैको ऋण पनि छैन सबैको बचत मात्रै छ सदस्य कल्पना चौधरी ले बताउनुभयो
अर्कि सदस्य सङ्गिता चौधरी ले श्रीमान बिरामी हुनुहुन्छ बचत फिर्ता गरिदिनुस भनेको ३ महिना भयो अझै ५ महिना लाग्छ भन्दैछ्न भन्नुभयो
सदस्य अस्मिता चौधरी ले धेरै बेरसम्म रोएर बचत फिर्ता गरिदिन आग्रह गर्दापनी युनिक नेपाल को शाखाप्रमुख अन्जु चौधरी ले बचत तपाईंहरुले जतिबेला चाहयो त्यतिबेला फिर्ता गर्न नसकिने बताउनुभयो ! अन्तिममा प्रत्यक महिना ३ जना महिला को बचत फिर्ता गर्ने र त्यसकोलागी ४ महिना समय लाग्ने बताउनुभयो

समूह गठन गर्दा जतिबेला पनि बचत फिर्ता गर्न र ऋण लिन सकिने भनेर लघुबित्त का कर्मचारी ले घरघरै आएर समूह गठन गरेको बताउनुभयो तर अहिले खाइनखाइ गरेको बचत फिर्ता गर्न लघुबित्त ले निकै दु:ख दिएको सदस्य पुजा चौधरी ले बताउनुभयो
युनिक नेपाल केन्द्रिय कार्यालय का डिसिओ राजकुमार पोख्रेल सङ्ग सम्पर्क गर्दा आफुले केही नबोल्ने भनेर पन्छिनुभयो भने शाखा प्रमुख अन्जु चौधरी ले पत्रकार लाई बोलाउदैमा समस्या को समाधान नहुने बताउदै केही समय अघि अस्नेहरिका महिला सदस्य ले बचत फिर्ताको माग राखेर तालाबन्दी गर्दा समेत केही फरक नपरेको बताउनुभयो !
लघुबित्त ले स सनो ऋण प्रवाह गरेर बिपन्न बर्गको महिलाहरुको आयआर्जनमा सहयोग पुर्याएको छ तर त्यसो भन्दैमा बचतकर्ताको बचत फिर्ता नगर्नुभनेको सरासर गलत हो बचत फिर्ता गर्नुपर्छ टीकापुर उध्योग बाणिज्य संघ का पुर्ब महासचिब तपेन्द्र स्वाँर ले बताउनुभयो स्मरण रहोस केही समय अघि युनिक नेपालको शाखा कार्यालय शुखडमा बचत फिर्ता नगर्दा नेपाल कम्युनिस्ट पार्टी ले बचतकर्ताको बचत फिर्ता गराएको थियो
