सुपसमाज माल्टाले गर्यो विधान अनुमोदन, जनायो कार्यनयन गर्ने प्रतिवद्धता

धनराज विक (अविरल)
पौष ६ माल्टा (यूरोप)

धनगढी :सुदूरपश्चिम सेवा समाज माल्टाले विधान अनुमोदन गरी कार्यनयन गर्ने प्रतिवद्धता जनाएको छ । पुस ४ गते बुधबार माल्टामा सम्पन्न भएको आप्रवासी नेपालीहरुको आत्मीयता आदानप्रदान एवम् विधान अनुमोदन कार्यक्रमका सहभागीहरुले विधान अनुमोदन गर्दै कार्यनयन गर्ने प्रतिवद्धता जनाएकाहुन् ।

समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पत्रकार, साहित्यकार मानवअधिकारकर्मी, एवम् मनोसामाजिक परामर्शकर्ता धनराज विक (अविरल) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अविरलले सुदूरपश्चिम सेवा समाज माल्टामा आवद्ध रहेका सबैले विधानलाई आत्मसाथ गरी समाजको हितको लागि नीति नियमको पालना गरेर गर्नुपर्ने बताएका थिए ।

उनले भने, “वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपालीहरुको मानवअधिकारको रक्षा र अफ्ठयारोमा परेका नेपालीहरुको उद्धार गर्नेकाम सरकारको भएकोले नेपाल सरकार आफ्ना नागरिकको अधिकारको पक्षमा जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका थिए । समाजले गरेका राम्रा कामको प्रशंसा गर्दै युरोपको माल्टामा रहेका सबै नेपाली र विभिन्न संघसंस्थाको संग समन्वय र सहकार्य गरी सुदूरपश्चिम सेवा समाज माल्टाको हितमा काम गर्नुपर्ने अविरलले बताएका थिए ।

समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाले संस्थागत विकासको लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । संस्था स्थापनाको छोटो समयामा मानवीय परोपकारी काम गरेर समाजले पहिचान बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका थिए ।

नेपालबाट सुदूरपश्चिम सेवा समाज माल्टाका लागि विधान निमार्ण गरी विधान लगायतका आवश्यक सामाग्री लेटरप्याड, सदस्यताकार्ड, नगदी रसिद्, स्टयामप्याड र ब्यानर बनाई माल्टासम्म ल्याई सहयोग गरेकोमा पत्रकार तथा मानवअधिकारकर्मी धनराज अविरललाई समाजको तर्फबाट धन्यवाद् व्यक्त गरेका थए । अध्यक्ष ठगुन्नाले नेपालमा सामाजिक क्षेत्रमा सक्रिय रहेर काम गरेका अविरलको सामाजिक योगदान र व्यक्तित्वको बारेमा चर्चागर्दै प्रंशसा गरेका थिए । उनले भने,“सुदूरपश्चिम सेवा समाज माल्टालाई संस्थागत विकास गर्दै प्रभावकारी रुपमा अगाडी बढाउनको लागि धनराज अविरललाई आजको कार्यक्रमबाट संस्थाको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।”

समाजका वरिष्ठ उपाध्यक्ष जनक कुँवरले अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै संस्थालाई उचाईमा पुगाउन अझैं राम्रा काम गर्नुपर्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै कोषाध्यक्ष दिनेश नगरीले समाजका लागि सकारात्मक सोच राखेर विधानलाई मानेर काम गर्नुपर्ने बताए । त्यसैगरी सल्लाहकार सदस्य बलदेव भण्डारीले संस्थाको विकासका लागि सबै एकभई मिलेर काम गर्नुपनेृमा जोड दिए ।

कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डा राखेर ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्दै नेपालको राष्ट्रिय गीत बजाएर राष्ट्रप्रति सम्मान प्रकट गरी कार्यक्रम संचालन गरिएको थियो । समाजका सम्पूर्ण पदाधिकारीलाई यस समाजका सल्लाहकार संयोजक नरेन्द्र पाण्डेले विधान बमोजिम सपथ ग्रहण गराएका थिए ।

३० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा कार्यसमिति केही सदस्य फेरबदल गरिएको थियो । कार्यक्रममा विविध प्रश्तावमाथि छलफल गरी निर्णय पारित गरिएको कार्यक्रम संचालक एवम् संस्थाका महासचिब शिव विक (शिशिर) ले बताए । विभिन्न उपसमितिहरु गठन गरी आगामी कार्ययोजना समेत तयार पारी कामगर्ने विषयमा छलफल भएको उपाध्यक्ष तबिता क्षेत्रीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply