पुष ८
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको आईटी जोन कम्प्युटरले एडिआईटी २.० (ADIT 2.0) कोर्षमा १६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। प्रवेश परीक्षामा ९०% भन्दा बढी अङ्क ल्याएका १६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको आईटी जोन कम्प्युटरका प्रबन्ध निर्देशक जनक भट्टले जानकारी दिएका छन्। आईटी जोनले शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेका १६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। प्रबन्ध निर्देशक भट्टका अनुसार अहिलेको युग टेक्नोलोजीको युग भएकाले सो कुरालाई मध्यनजर गरि विद्यार्थीहरूको उज्ज्वल भविष्य होस भन्ने हेतुले विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो। उनले भने ‘दक्ष जनशक्ति उत्पादन तथा बढी भन्दा बढी तथा युवालाई नेपालमै रोजगारी सिर्जना होस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका हौँ।’
पूर्ण छात्रवृत्ति पाउनेमा अर्चना डङ्गौरा, भावना धानुक, चक्र देव भट्ट, डम्बर महरा, कल्पना ठगुन्ना, कमल धानुक, कपिल सिंह, मनीषा कुवर, भावना थापा, लक्ष्मी धामी, नरेश पाण्डेय, सुनिल बिक, सरस्वती धामी, रुकुम सिंह ठगुन्ना, लक्ष्मी जोशी र कुस्माकार पन्त रहेका छन्। पूर्ण छात्रवृत्ति पाएका १६ जना वेब डिजाइन, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, अकाउन्टिङ प्याकेज लगायतका कोर्षं मध्ये एउटा कोर्ष निःशुल्क पढ्न पाउने छन्। छात्रवृत्ति पाएका सम्पूर्ण विद्यार्थीले आईटी जोनप्रति आभार व्यक्त गरेका छन्। लक्की ड्र मार्फत चन्दले हात पारिन ल्यापटप त्यसैगरी एडिआईटी २.० (ADIT 2.0) मा भर्ना भएका विद्यार्थीहरूमध्ये स्नेहा चन्द लक्की ड्र मार्फत लेनोभो कम्पनीको नयाँ ल्यापटप हात पार्न सफल भएकी छन्। आईटी जोनले समयमै भर्ना हुने विद्यार्थी मध्ये एकजनालाई लक्की ड्र मार्फत उपहार दिने घोषणा गरेको थियो। लक्की ड्र मार्फत ल्यापटप उपहार पाएकी चन्दले आईटी जोन कम्प्युटरलाई धन्यवाद दिँदै यसले सिकाइमा थप हौसला प्रदान भएको बताइन्। आईटी जोन कम्प्युटरले उत्कृष्ट विद्यार्थीहरूलाई रोजगारी समेत दिँदै आइरहेको र आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई हौसला, सम्मान र रोजगारी समेत सिर्जना गरी अझ थप व्यवस्थित तरिकाले अगाडि बढ्ने प्रबन्ध निर्देशक भट्टले प्रतिवद्धता गरेका छन्।
