पहाडबाट तराई मामा घर आएका एक नाबालको मृत्यु भएको छ । बैतडी दोगडाकेदार गाँउपालिका ६ बर्षिया अशोक चन्दको टेक्टर काल बनेको छ । बैतडी घर भएका नाबालक चन्द कञ्चनपुर स्थित बेदकोट नगरपालिका ६ सिसैया मामाको घरमा खेलिरहेको अवस्थामा टेक्टरले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले शनिबार साँझतिर घर नजिकै खेलिरहेका बालकलाई से १ त ८९३० नम्बरको टेक्टरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको बताए । टेक्टर चालक बेदकोट १० नयाँगाँउकै ४५ बर्षिया राम बहादुर खुनालाई प्रहरीले पक्राउ गरेको छ । टेक्टर समेत नियन्त्रणमा लिएको छ । मृतक परिवारले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
