एसिसी प्रिमियर कपको फाइनलमा युएईका कप्तान वासीमको शतक

९ वैशाख धनगढी
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा युएईका कप्तान तथा ओपनर मोहमद वासीमले घरेलु टिम ओमानविरूद्ध शतक प्रहार गरेका छन्।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईका लागि कप्तान वासीमले आक्रामक सुरूवात दिलाएका थिए। उनले ५५ बलमा शतक पूरा गर्ने क्रममा ६ चौका र ७ छक्का प्रहार गरे। उनको शतकप्रेरित युएईले ४ विकेटको क्षतिमा २०४ रन जोड्यो।

अर्का ओपनर अलिशान शराफुले २८ बलमा ३४ रन र विष्णु सुकुमरनले १८ रन जोडे भने आसिफ खानले नटआउट ३८ रन जोडे।

बलिङमा ओमानका बिलाल खानले २ विकेट लिए।

अघिल्लो संस्करणको विजेता नेपाल भने सेमिफाइनलमा रोकिएको थियो। सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट अफल भएको थियो।

यस्तै तेस्रो स्थानका लागि भएको खेलमा पनि हङकङसँग पनि हारेपछि नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कप पनि गुमाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply