जुत्ताभित्र लुकाएर लागु औषध ल्याउने

१९ वैशाख धनगढी
कञ्चनपुरको बागफाँटाका एक युवक खैरो हिरोईन सहित पक्राउ परेका छन ।

भीमदत्त नगरपालिका १९ बागफाँटाका अरुन राना पक्राउ परेका हुन ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले रानालाई पक्राउ गरिएको छ ।

रानाको साथले कालो स्पोर्टसको जुत्ताको सोलमुनी तानसेन लेखेको प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा लुकाएको २ग्राम, ८२०मिनिग्राम लागु औषध बरामद गरिएको छ ।

लागु औषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी बरिष्ठ निरीक्षक केशव जोशी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर जिप्रका बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply