वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु

हेमा भट्ट
कञ्चनपुर : कृष्णपुर नगरपालिका राजघाटमा वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट स्थित फुटबल खेलमैदानमा रनिङ सिल्ड सुरु भएको छ । रनिङ शिल्ड प्रतियोगिताका प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन खेलमा वडा नम्बर ९ ले ० का विरुद्ध ३ गोल ले वडा नं ७ लाई पराजित गरेको थियो।९ का तर्फबाट गोलकर्ता आदित्य चौधरी १ गोल सोभित चौधरी २ गोल गरेका थिए ।

उक्त प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेकोछ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार दोस्रो हुनेलाई नगद २५ हजार विशेष रनिङ सिल्ड ट्रफी मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी ‘म्यान अफ द म्याच’ र उत्कृष्ट खेलाडीलाई पुरस्कार दिइने जानकारी दिए । खेल अवधिभर खेलाडीहरूलाई दुर्घटना भएमा प्राथमिक उपचार दिने व्यवस्था गरिएको छ।


उद्घाटन कार्यक्रमकाे सभापतित्व कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर प्रमुख अतिथि कृष्णपुर नगर प्रमुख हेमराज ओझा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष घुम्न राना, कृष्णपुर ५ का अध्यक्ष टेक पाण्डे, कृष्णपुर ८ का अध्यक्ष दिनेश खड्का लगायतको आतिथ्यता रहेको थियो । मदन राेकायाको सन्चालनमा रहेको उक्त शिल्ड उद्घाटनमा स्वागत मन्तव्य वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता को उप समिति संयोजक चन्द्रप्रकाश भट्टले राख्नुभएको थियो ।
पहिलो खेल वडा ९ चिल्ड्रेन ब्वाइज रिभर साईट राजघाट र न्यु गुलरिया फुटबलब क्लब वडा ५ का चिल्ड्रेन ब्वाइज बीच प्रतिस्पर्धा भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply