दाङमा बस दुर्घटना हुँदा १३ जना घाइते

५ जेठ धनगढी
दाङमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

शुक्रबार दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश-३ ०१००६ ख ०९७५ नम्बरको बस दुर्घटनामा परी १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

उनका अनुसार तुलसीपुर- घोराही सडकस्थित तुलसीपुर उपमहागनरपालिका-१८ बिजौरीमा बस दुर्घटनामा परेको हो।

‘घाइते सबैलाई तुलसीपुरस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ,’ उनले भने, ‘घाइते सबैको अवस्था सामान्य रहेको छ।’

प्रत्यक्षदर्शीका अनुसार एकै दिशामा गइरहेको अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो।

घाइतेको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply