तराईका जिल्लाहरूमा भोलिसम्म तातो हावा चल्ने चेतावनी

१४ जेठ धनगढी
तराईका जिल्लाहरूमा भोलिसम्म तातो हावा चल्ने चेतावनी दिइएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनअनुसार भोलिसम्म तराईका जिल्लाहरुमा तातो हावा चल्ने भएकाले सतर्क रहन भनेको हो।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम बढेर ४० डिग्री वा सोभन्दा बढीसम्म पुगेको जनाउँदै त्यो क्रम थप बढ्न सक्ने भन्दै सतर्क रहन भनेको हो।

पश्चिम तराईको तुलनामा पूर्वी तराईमा भने तातो हावाको जोखिम कम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार पनि धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री भन्दा बढी मापन भएको जनाएको छ।

ती ठाउँहरूमा न्यूनतम तापक्रम नै २९ डिग्रीभन्दा बढी मापन भएको छ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टे बाउँडिने, चक्कर आउने, बेहोस् हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिने महाशाखाले जारी सूचनामा उल्लेख छ।

त्यसबाट बँच्न घरभित्र बस्ने, धेरै बाहिर ननिस्कने, हलुका तथा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त खान पनि महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply