२३ जेठ धनगढी
विश्व वातावरण दिवसका अवसरमा काठमाडौंको तारकेश्वरमा सरसफाइ गरिएको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर ४ र ५ मा सरसफाइ गरिएको हो।
परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले फूलबारी गेटबाट सडक दायाँबायाँ सरसफाइ गर्दै वडा नम्बर ५ को नागार्जन चोकसम्म पुगिएको बताए।
सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिपिएको थियो भने सरसफाइसम्बन्धी विभिन्न सन्देश लेखिएका प्लाकार्डसहित जनचेतना जगाउने काम भएको उनले बताए।
कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीलगायत सहभागी थिए।
स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरू पनि सरसफाइ कार्यक्रममा सहभागी भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
