दाङको तुलसीपुरमा एक वृद्धा पानी ट्याङ्कीमा मृत फेला

असार १ धनगढी
दाङको तुलसीपुरमा एक वृद्धा पानी ट्याङ्कीमा मृत फेला परेकी छन्।

तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरा गाउँमा ७० वर्षीया शान्ता देवकोटा घर नजिकै पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार राति १० बजे देवकोटालाई घर नजिकको सिँचाइका लागि पानी जम्मा गरिएको ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताए।

शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply