नक्कली सुन झुक्याएर १६ लाख रुपैयाँ असुली

गणेश क्षेत्री
बर्दियाको गुलरियामा भारतिय ब्यक्तिहरु ले नक्कली सुन सक्कली जस्तै बनाएर १६ लाख रुपैयाँ नेपाली नागरिक बाट असुलेका छन्
जिल्ला प्रहरी कार्यालय गुलरिया का प्रबक्ता प्रहरी नायब उपरीक्षक तुल्सिराम अर्याल ले सुनको अबैध कारोबार हुदैछ भन्ने जानकारी को आधारमा भारतिय नागरिकलाई सुन सहित भन्सार कार्यालय बुझाएको बताए । गुलरिया भन्सार कार्यालय का निमित्त प्रमुख जीवन केसि ले भारतिय नागरिक इरफान खान र मोबिन खान लाई २ . ७५० ग्राम सुन सहित प्रहरी ले भन्सारमा बुझाएको र उनीहरुलाइ ३३ हजार ३ सय ६० रुपैयाँ मा धरौटीमा छोडिएको बताउनुभयो । भन्सारले सुनको धरौटी मागेपछि पैसा लिएर योजनाको मुख्य ब्यक्तिको गाउँकै एक नाबालक आएका थिय । तर नेपाली पक्ष प्रहरीको नाक मुन्तिर बाट योजनाकार र नाबालक लाई नियन्त्रणमा लिन सफल भएका थिए ! मुख्य योजनाकार ले नाबालक लाई राख्नुस म पैसा लिएर आउछु भनेर ईन्डिया गएका थिए ! तर ईन्डिया मा मुख्य योजनाकार सम्पर्क मा नआएको ले आफ्नो जग्गा साहुको मा राखेर बन्धक कर्तालाइ पैसा दिन बाध्य भएको नाबालक को आमा हसिना ले बताइन । गाउँकै मान्छेलाई छुटाउनको लागि आफ्नो छोराले पैसा लगेको मात्रै आफ्नो छोराको दोष रहेको उनको भनाइ थियो । त्यसै क्रममा सुदूरपश्चिम प्रदेश को खक्रौलामा पैसाको लेनदेन भयो र पुल पारिसमेत बन्धकलाइ लगेर मोलमोलाइ भयो तर कुरा नमिलेपछि भारतिय नागरिक लाई लिएर नेपाली फिर्ता भए ! जिल्ला प्रहरी कार्यालय का सादा पोसाक का प्रहरी समेत बन्धक बनाएका ब्यक्तिहरुसङ्गै आएको भारतिय पक्ष का ब्यक्ति ले बताए ! जिल्ला प्रहरी कार्यालय का इन्चार्ज प्रबीण धितालले सादा पोसाक को प्रहरी आफ्नै मातहत को भएको र आफ्नो कार्यालय को काम को सिलसिला मा खक्रौला गएको समेत बताउन भ्याए ।
नक्कली सुन असली भनेर बेच्ने र सुन सस्तोमा पाइदैछ भनेर गैर कानुनी तवरबाट किन्ने ब्यक्ति दुइटै कानुनको नजरमा दोषि हुन् । तर भन्सार बाट धरौटीमा रिहाहुना साथ फिल्मी शैलिमा प्रहरीको नाक मुन्तिर बाट बन्धक बनाउनु अनि बन्धक बनाउने ब्यक्ति को अघिपछि सादापोसाकमा स्कटिङ गर्दै गुलरियाका प्रहरी आउनाले प्रहरी को नियत माथी प्रस्न खडा भएको छ । नक्कली सुन बेच्ने गिरोहबाट १६ लाख रुपैयाँ असुली भयो र नाबालक सकुशल भारत गयो तर प्रहरी को भुमिका शंका स्पद देखिनाले कानुनी राज्यको उपहास भएको छ । २ दिनसम्म नाबालक लाई नियन्त्रणमा लिएर बन्धक बनाएर राख्नु र सादा पोसकका प्रहरी जवान कमल थापा र प्रहरी सहायक हल्दार अनिल कुमार बिक बन्धक कर्ता सङ्गै देखिनु र नियन्त्रणमा नलिने कार्य देखिनाले प्रहरी को भुमिकामाथी गम्भीर प्रस्न चिन्ह खडा भएको छ ! जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक प्रबिण धिताल आएको केही समयमै बिवादास्पद हुँदै आएका छन् केही समय अघि मात्रै गुलरिया उध्योग बाणिज्य संघ ले जिल्ला प्रहरी कार्यालय का सादापोसाक का प्रहरी ले अबैध असुली गरेको भनेर आन्दोलन गर्ने चेतावनी सहितको बिज्ञप्ति निकालेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply