युरोकपमा पोर्चुगलले विजयी सुरूवात

असार ५ धनगढी
युरोकपमा पोर्चुगलले विजयी सुरूवात गरेको छ।

जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा गएराति चेक रिपब्लिकलाई पराजित गर्दै पोर्चुगलले विजयी सुरूवात गरेको हो।

पोर्चुगलको जितमा फ्रेन्सिस्को कन्सिसाओले खेलको इन्ज्युरी समयमा गरेको गोल निर्णायक बन्यो।

त्यसअघि ६२ औं मिनेटमा लुकास प्रोवोडले गोल गरी पोर्चुगलविरुद्ध चेक रिपब्लिकले सुरूवाती अग्रता लिएको थियो।

६९ औं मिनेटमा रोबिन र्‍यानोचले आत्मघाती गोल गर्दा खेल बराबरीमा पुगेको थियो।

९२ औं मिनेटमा पेड्रोले दिएको पासमा फ्रेन्सिस्कोले गोल गरेपछि चेक रिपब्लिकविरूद्ध पोर्चुगल २-१ गोलले विजयी भएको हो।

गएराति नै भएको अर्को खेलमा टर्किएले जर्जियविरूद्ध ३-१ को जित निकालेको छ।

जर्जियाको जितमा मेट मल्डर, आर्डा गुलर र मुहम्मद केरमले गोल गरे।

जर्जियाक जर्जेस मिकाउताडजेले एक गोल गरे।

युरोकपमा आज क्रोयशियाविरूद्ध अल्बानिया, जर्मनी र हंगेरी तथा स्कटल्याण्ड र स्वीटजरल्याण्ड खेल्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply