पूर्वी नवलपरासीमा चितुवाको आक्रमणबाट तीन जना घाइते

असार ६ धनगढी

पूर्वी नवलपरासीमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ९ बजेतिर मध्यविन्दु नगरपालिका वडा नम्बर ८ देवकोटा टोलमा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेद पौडेलले जानकारी दिए।

आक्रमणबाट मध्यविन्दु नगरपालिका-८ बस्ने ४५ वर्षीय देवा ठकुरी, २९ वर्षीया रूपा कुमाल र ३२ वर्षीय सुनिल जैसवाल छन्।

उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ।

मानिसहरूमाथि आक्रमण गरेर चितुवा भागेको डिएसपी पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply