लागू पदार्थ अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम टीकापुरमा

असार ८ धनगढी
गणेश क्षेत्री /
सिमा क्षेत्रमा लागू पदार्थको दुर्ब्यसनी नियन्त्रण सम्बन्धि सरोकारवालाहरुसङ्गको अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम टीकापुर नगरपालिका खक्रौला ९ मा सम्पन्न भएको छ

टीकापुर नगरपालिका जन स्वास्थ साखा का धर्म सिह बटाला को सभापतित्वमा भएको कार्यक्रम मा इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक बिस्वराज अधिकारी प्रमुख अतिथी रहनुभएको थियो

प्रमुख अतिथी बिश्वराज अधिकारी ले अधिकांश हुने आपराधिक कार्यमा कतै न कतै लागू पदार्थ अथवा मादक पदार्थ जोडिएको पाइने गरेको बताउनुभयो
नेपालमा गाँजा बाहेकका कोकिन , हिरोईन अफिम लागू औषधहरु अन्य मुलुक बाट भित्रीने गरेको बताउदै

लागू औषध सेवनकर्ता हरुमा एड्स , हेपाटाइटिस तथा यौनजन्य रोग , श्वास फेर्न गाह्रो हुने , स्मरण शक्ति ह्रास हुने ओभर डाेज भएर मृत्यु समेत हुनसक्ने बताउनुभयो

चोरी लुट्पाट , हत्या हिंसा जस्ता आपराधिक क्रीयाकलापहरुमा समेत वृद्धि हुनेहुनाले लागू औषध नियन्त्रण गर्न अभिभावक का साथै समाजको समेत भुमिका महत्त्वपूर्ण हुने गरेकोले सबैको सहयोग नेपाल प्रहरी लाई रहने प्रमुख अतिथिले बताउनुभयो

कार्यक्रम मा स्थानीय , कालाकुन्डा प्रहरी चौकिका इन्चार्ज ,खक्रौला भन्सार का प्रतिनिधि ,लागू औसध सन्जालका संयोजक ,श्री भानुभक्त रास्ट्रिय आधारभूत बिध्यालय का शिक्षक झुङ्गा सहरी स्वास्थ क्लिनिक का इन्चार्ज महेश कुमार श्रीवास्तब ,खक्रौला हेल्थ डेस्क का इन्चार्ज र कर्मचारी , बुद्धिजिबि , पत्रकार , सशस्त्र प्रहरी , सानाहात नेपाल ,पि आर सि , माइती नेपाल , टाेल बिकाश संस्था का प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो

कार्यक्रम को सन्चालन र उदेश्य को बारेमा कैलाली जनस्वास्थ्य का हेल्थ असिस्टेन्ट मीन बहादुर धामिले गर्नुभएको थियो
स्वास्थ कार्यालय धनगढि कैलाली को आयोजनामा भएको कार्यक्रम को ब्यवस्थापन खक्रौला हेल्थ डेस्क ले गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply