मोरङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

धनगढी,असार १२
मोरङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान पौने ११ बजे रंगेली नगरपालिका-४ स्थित घाँघी खोला तर्नेक्रममा एक जनालाई बगाएको जिल्‍ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

सोही पालिकाका ४५ वर्षीय नागेन मण्डललाई बगाएको थियो।

बुधबार दिउँसो करिब २ बजेतिर घटनास्थलबाट करिब १५० मिटर तल शव फेला परेको हो।

प्रहरीले घटनाको थप प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply