सशस्त्र प्रहरीले कञ्चनपुरमा झण्डै साढे चार लाख बढिको अवैध समान बरामद

धनगढी,असार १३
सशस्त्र प्रहरीले कञ्चनपुरमा झण्डै साढे चार लाख बढिको अवैध समान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट गैर कानुनी रुपमा नेपाल भित्रिन लागेको अवस्थामा ४लाख, ७६ हजार, ८६६रुपैया बराबरको अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण शैलेश्वरीका गणपति खगेन्द्र चन्दले जिल्लाको पुनर्वास, भीमदत्त, दोधाराचाँदनी,बेलौरी क्षेत्रका विभिन्न गाँउबस्तीबाट अवैध समान बरामद गरिएको बताए । दुई दिनको अवधि असार ११ र १२ गतेमा उक्त अवैध समान बरामद गरेर कैलाली, कञ्चनपुरका भन्सार कार्यालयमा चलान गरिएको छ । किराना समान, हार्डवेयरका समान, ईलेक्ट्रिोनिक समान, कपडादेखि प्रतिबन्धित कुखुरा, अण्डा बरामद गरिएको छ । भन्सार चोरीछली गरेका अवैध समान सशस्त्र प्रहरीले बरामद गर्दै आएपछि तस्कर समुहको विचल्ली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply