धनगढी असार १८
बाँकेको नेपालगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२० का ३५ वर्षीय विकास थापाको घरमै टेबुल पंखा बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।
थापा परिवारका एक्ला छोरा हुन्। उनकी श्रीमती नौ महिना पहिले मात्रै वैदेशिक रोजगारीका शिलशिलामा कुवेत गएकी थिइन्। उनीहरूका ११ वर्षीया एक छोरी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
