धनगढी असार २२
काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान ११:१० बजे काठमाडौं नागार्जुन न.पा.३ स्थित सिङ्गल ट्री नजिकै पहिरो आई उक्त स्थानमा रहेको ट्रपिकल रेष्टुरेन्टको किचन कोठा पुरिएको थियो।
कोठामा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल सोही रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज बिक.घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनलाई तत्काल उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको एसएसपी मैनालीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
