भदौ १२,धनगढी
कैलालीमा एक लाख २५ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ।
बुधबार जिल्लाको भजनी नगरपालिका–१ ठेगरपुरमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हर्क बोहरासहितको टोलील करिब एक लाख २५ हजार २५० मूल्यको अबैध सामान बरामद गरेको हो।
४८ डिब्बा सिल्भर पेन्ट, जिरा, सुर्ती र महिलाले लगाउने २१६ वटा चन्द्रमा काटा बेवारिस अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
