रिलिसा चौधरी
भदौ २२ शनिबार
बाँके : हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिज को अवसरमा वडास्तरिय दुइ दिने भलिबल प्रतियोगिता रापती सोनारी गाउँ पालिका ५ चाचरफर्का बाँकेमा फाइनल खेल सप्पन्न भएको छ ।
श्री मुस्कान युवा स्पोर्ट्स क्लब को आयोजनामा भएको प्रतियोगितामा ९ वटा क्लब ले सहभागिता जनाएका थिए ।
क्लब का अध्यक्ष मुन्नालाल थारुको सभापतित्वमा भएको कार्यक्रममा भुवर भवानी माबि का अध्यक्ष रेग बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि खड्का ले खेलाडी राष्ट्रको गहना भएको बताउनुभयो । खेलाडी ले अनुशासित हुनुपर्ने र खेलमा देखाएको अनुशासन सामाजिक र ब्यक्तिगत जिवनशैलिमा पनि उतार्ने हो भने त्यो खेलाडी कुनैपनि कुलतमा नपरेर अब्बल राष्ट्र सेवक र देशको नेतृत्व कर्ता बन्न सक्ने बताउनुभयो ।
प्रमुख अतिथिले तिजको अवसरमा महिलाहरुलाइ शुभकामना दिनुहुँदै तिजमा देखासिकि गरेर गरगहना प्रदर्सन गर्ने नगरेर आफ्नो आर्थिक स्तिथि अनुसार सभ्य तरिकाले मनाउन आग्रह गर्नुभयो ।
आज भएको फाइनल खेलमा प्रथम पुरुस्कार प्रतियोगिता मा प्रथम हुने बैजापुर टीम ले १५ हजार र दोस्रो हुने कचनापुर टिमले १० हजार नगद प्राप्त गरेका छन्।