कालिकोटमा महेन्द्रबहादुर शाहीको पुनः जित, नेकपाको लगातार दोस्रो सफलता

फागुन २१
कालिकोट मा नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार महेन्द्रबहादुर शाही ११ हजार ३३८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै पुनः विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे भने नेपाली कांग्रेस का हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए।
यो जितसँगै महेन्द्रबहादुर शाहीले २०७९ को निर्वाचनपछि पुनः जनमत सुरक्षित गर्न सफल भएका छन्। साथै, यो परिणामसँगै नेपाल कम्युनिष्ट पार्टी ले यस निर्वाचनमा लगातार दोस्रो विजय हासिल गरेको छ। यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्व बाट जीत निकाल्दै पार्टीको खाता खोलेका थिए।
कालिकोटको नतिजाले कर्णाली क्षेत्रमा वाम राजनीतिप्रति जनताको भरोसा अझै बलियो रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply