बाँकेको राप्ती सुनारीमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार

कृष्ण केसी
बाँके, असोज ४ — बाँकेको राप्ती सुनारी गाउँपालिका–४ मा सोमबार राति एक २२ वर्षीया विवाहित महिलामाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका छन्।

स्थानीयका अनुसार असोज ३ गते राति करिब ९ बजे पीडित महिलालाई कालो मास्क लगाएका तीन युवाले घरमै पसेर मुख थुनी खेततर्फ लगेका थिए। करिब ५–६ सय मिटर दक्षिणतर्फ लैजाई विभत्स तरिकाले बलात्कार गरी बेहोस अवस्थामा फालेका थिए।

पीडितलाई स्थानीयवासीले फेला पारी तत्काल इलाका प्रहरी कार्यालय धामपुरलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानीयको सहयोगमा उनलाई उद्धार गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो।

पीडितका श्रीमान् रोजगारीका लागि पोखरा गएका कारण महिला घरमै एक्लै रहेको बेला घटना भएको बताइएको छ। ‘म मुख थुनी खेततर्फ लैजाई बलात्कारको सिकार भएँ,’ पीडितले प्रहरीसमक्ष बयान दिएकी छन्।

घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको छ। धामपुर प्रहरीका इञ्चार्जले “पीडितलाई न्याय दिलाउन कुनै कमी हुने छैन, प्रमाण संकलनका काम तीव्र रूपमा भइरहेको छ,” भन्दै दोषीलाई कारबाही हुने बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply