एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्ने

धनगढी असोज ११
चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ ।

समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो ।

पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

यस समूहमा उज्वेकिस्तान दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३ खेलबाट २ जित र एक हारको नतिजाबाट ६ अंक नै जोडेको कम्बोडिया दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको बहराइनको तीन अंक छ र नेपाल भन्दा अघि तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply