हेमा भट्ट
शुक्रबार २६ पुष
कञ्चनपुर – नेकपा माओवादी केन्द्र कृष्णपुर नगरपालिका वडा नम्बर ९ को भेला सम्पन्न भएको छ । भेला लालबहादुर चौधरीको अध्यक्षता, नरबहादुर आउजीको संचालन तथा पुनाराम चौधरीको स्वागतमा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका कञ्चनपुर जिल्ला संयोजक खेमराज पाण्डेले माओवादी केन्द्रको सदस्ययता नविकरण र बिस्तार अभियान कञ्चनपुर जिल्लामा संचालन भइरहेको बताए । साथै उनले अभियानबाट पार्टीलाई वार्ड टोलबाट संङ्गठित गर्नु पर्ने धारणा राख्दै देशको समृद्धि र बिकास माओवादी केन्द्रबाट नै सम्भव रहेको दाबी गरे । माओवादीको नेतृत्वमा ब्यवस्था परिवर्तन भएको र अब नेपाली जनताको अवस्था परिवर्तन गर्दै नेपाललाई समृद्ध मुलक बनाउने जिम्मेवारी पनि माओवादीकै रहेको बताए ।
सो भेलालाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य तथा कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउद, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक खत्री ( निर्माण ) प्रदेश कमिटी सदस्य खेमराज ओझा ( पदम ) नेकपा माओवाद केन्द्र कृष्णपुर नगर उपाध्यक्ष पुनाराम चौधरी, नगर उपाध्यक्ष मखन दहित पत्रकार नेकपा माओवादी केन्द्रका नेता एवं साहित्यकार दिपेन्द्र पाल सिर्जन (श्री ) समाजसेवी बुद्धिजीवी लगायतले आफनो बिचार राखेका थिए । सम्पन्न भेलाले कृष्णपुर नगरपालिका वार्ड ९ मा लालबहादुर चौधरीको अध्यक्षतामा २५ सदस्य कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्ष धनबहादुर राना, सचिब नरबहादुर आउजी, सहसचिब आशिका चौधरी,
कोषाध्यक्ष पबित्रा चौधरी,रहेका छन् भने सदस्यहरूमा तारा सुनार,तेज विक, भुमि विक, नरबहादुर बाेहरा, माेहन सिंह महरा,बसन्ति चौधरी,तारा चौधरी,झेली राना,चनुवा भुल,
कन्या राना, मालिक राना,रघुनाथ चौधरी, विवेक चौधरी,मधु बाेहरा, गाेजला चौधरी, बलराम राना,
पुनाराम चौधरी, यम चौधरी लगायत निर्वाचित भएको माओवादी कृष्णपुर नगर उपाध्यक्ष पुनाराम चौधरीले बताए । कार्यक्रममा जेष्ठ नगरिक, गुरुवा,भलमन्सा लगायत कृष्णपुर नगरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको छात्रा तेक्वान्दो को सेमिफाइनल खेला गाेल्ड जित्न सफल खेलाडी पायल सुनार, रश्मि सुनारलाई सम्मान गरिएको थियो ।