पुनर्वास नगरपालिकाको १६ औं नगर अधिवेशन सम्पन्न

धनबहादुर बिक –
पुनर्वास–
कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयको १६औं नगर अधिवेशन सम्पन्न भएको छ ।
बिहिबार भव्य समारोहका बीच नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षमा १६ औं नगर अधिवेशन सम्पन्न भएको हो ।

नगर सभामा नगरको संचित बजेटबाट विभिन्न चालुगत योजनाहरुलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजित गरिएको नगर प्रवक्ता बिनोद अर्यालले जानकारी दिनुभयो ।

नगर सभामा बहराईनमा आयोजित बक्सिङ प्रतियोगितामा नेपालका तर्फबाट ५४ के.जी.समुहमा स्वर्ण पदक हाँसिल गरेकी पुनर्वास–६ की स्वस्तिका तिरुवालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकार तर्फ पुनर्वासकै अग्रज पत्रकार दिपेन्द्र कुमार बस्नेतलाई प्रशंसापत्रले सम्मान,मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट निर्वाचित पुनर्वासका तीन पत्रकार धनबहादुर बि.क. ,हरिलाल जोशी किशोर तामालाई बधाई पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी थप सम्मानित हुनेमा शसस्त्र प्रहरी बललाई बिओपी स्थापनार्थ जग्गा दान गर्ने शिद्धराज ओझा दाम्पती,उत्कृष्ट कर्मचारीका रुपमा हेभी चालक दलबहादुर गुरुङ,चालक महेश कुमार चौधरी रहेका थिए । सहयोगी संस्था तर्फ मर्सिकोर नेपाल,युनिसेफ नेपाल,यु.एन.एफ.पि.ए.,रेडक्रस,निड्स नेपाल,एनएनएसडब्लुए, वी ईग्निट नेसन,ललितपुरलाई पनि सम्मान गरिएको थियो ।

सभामा माननीय सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सहजीकरण प्राविधिक तथा नगरपालिकाका फोकल पर्शन ओमनाथ ढकालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply