कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा माघ मेला शुरु

पुष २७ धनगढी-
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा माघ मेला शुरु भएको छ । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको बेलौरीमा माघ मेला शुरु भएको हो ।

आधुनिकता संगै लोभ भईरहेको संस्कृति संरक्षण प्रर्बद्धन, जर्गेना गर्नका लागि नयाँ पुस्तालाई जानकारी गराउन बेलौरी नगर भलमन्सा समितिको आयोजनामा शुक्रबारदेखि माघ मेला शुरु भएको हाे । मेलाको पूर्व खानेपानीमन्त्री एवम् नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले उद्घाटन गर्देै थारु समुदाय सुप प्रदेशका संस्कृतिका गहना भएको बताइन् ।

उनलेे थारु समुदायको संस्कृति नेपालकै पहिचान भएकाले संरक्षणमा जोड दिनुपर्ने धारणा समेत व्यक्त गरिन् । बेलौरी नगरका मेयर पोतीलाल चौधरीले थारु समुदायको कला संस्कृति संरक्षणका लागि स्थानीय सरकारले भलमन्सा ऐन नै पारित गरेको बताए ।

तराई सहित देशका २२ जिल्लाहरुमा बसोबास गर्दै आएका थारु समुदायको लोक संस्कृति र परम्परा लोप भईरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीन दिने मेला आयोजना गर्न लागिएको आयोजक एवम् बेलाैरी नगर भलमन्सा समिति अध्यक्ष अमरसिंह चाैधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply