हेमा भट्ट
२२ माघ २०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिका-९मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।
वडा अध्यक्ष कैलाश बलायर को सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख हेमराज ओझा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । विशिष्ट अतिथिमा कञ्चनपुर जिल्ला समन्वय समितिका सदस्य जय सिंह बिष्ट रहनुभएको थियो। अतिथि नगर प्रवक्ता वडा नम्बर १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेत, वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डे, वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न राना, पुर्व वडा नम्बर ९ का वडा अध्यक्ष छत्र बहादुर महरा, वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य वटा वडा जनप्रतिनिधि विभिन्न पार्टीका प्रतिनिधि समाजसेवी ,बुद्धिजिबि , संघ संस्थाका प्रतिनिधि , सामुदायिक बनका पदाधिकारी हरु , खेलप्रेमि स्थानीयकाे उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मेयर ओझाले खेलाडी रास्ट्रको गहना भएको बताउनुभयो ! खेलाडी हरुलाइ राज्यले संरक्षण गर्नुपर्ने बताउँदै खेलकुद प्रतियोगिता लाइ निरन्तरता दिनुपर्ने बताउनुभयो
वडा न ९ मा तयारी स्वरुप मंगलबार देखि वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु लाई विशेष सम्मान गरिनेछ
प्रतियोगिताको उद्घाटन खेलमा माघ २३ गते भोली वडा नम्बर ९ र ६ का बीच प्रतिस्पर्धा हुने छ प्रतियोगितामा बिजेता समुहले नगद ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने टिम लिडर चन्द्र प्रकाश भट्टले बताए । कृष्णपुर-९ वडा कार्यालयको आयोजनामा राजघाट खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा वडाका ९ वटा फुटबल टिमहरुको सहभागीता रहेको छ ।
आज भएको वडा स्तरिय रनिङ सिल्ड प्रतियोगितामा अन्डर १३ उमेर समुह बिच भएको मैत्रीपुर्ण खेलमा रिभर साइड स्पोर्ट्स क्लब र धनगढी रंगशाला एकेडमी का बिच भएको खेलमा रिभर साइडले सुन्यका विरुद्ध २ गोल गरेर बिजयि भएको छ। समाजसेवी युवा स्थानियहरुको उपस्थीति मा फुटबल प्रतियोगिता उद्घाटन गरिएको आयोजकले जनाएको छ ।
टिम लिडर चन्द्र प्रकाश भट्टको स्वागत मन्तब्यबाट सुरु भएको कार्यकमको सन्चालन शिक्षक चन्द्रबहादुर महराले गरेका थिए ।