धनगढी २४ माघ
अभिनेता विजय बरालले आफू सिनेमाको हिरो हैन, समाजको चरित्र भएको बताएका छन् ।
उनले हाँस्दै भने, ” म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।
लगातर सहायक भूमिका पछि पूर्णबहादुरको सारङ्गीबाट मुख्य भुमिकामा आएका उनले अभिनयलाई पढाईले निखारता ल्याउने पनि बताए । ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा, अभिनय जन्म जातै हुन्छ । हरेक कुरा अवलोकन गरेर त्यसैको नक्कल गर्नु नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ ।
उनले अभिनय पनि एक जनरा भएको भन्दै भने, अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ । मेरो फिल्म पुर्ण बहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यहि रहेको उनको भनाई छ ।
पहिले सहायक भुमिकामा रहँदा र अहिले मुख्य भुमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए । उनले भने, सहायक भुमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भुमिकामा जिम्मेवारी वोध र दवाव महशुस हुने रहेछ ।
उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए । भने, धेरैले फिल्म चलेपछि भाउ बढेछ भन्छन् तर मैले मागेको हैन, उहाँहरु आफै दिन आउनुहुन्छ ।