वर्षासँगै तराईमा तातो लहरको सम्भावना

काठमाडौँ, जेठ २३ — पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

यस्तै, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ। रातिको समयमा हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले तातो लहरबाट बच्न अनावश्यक रूपमा घाममा ननिस्कन, हल्का कपडा लगाउन, छाता वा टोपी प्रयोग गर्न तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply