बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिकालाई

फागुन १५ धनगढी
बाजुरा जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिकाले जितेको छ। प्रतियोगितामा बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ काँस्य पदक जित्दै पहिलो स्थान हासिल गर्‍यो। बुढीनन्दा नगरपालिका १८ स्वर्ण, ७ रजत र १० काँस्यसहित दोस्रो स्थानमा रह्यो, भने बुढीगंगा नगरपालिका ११ स्वर्ण, १७ रजत र १३ काँस्यसहित तेस्रो भयो।

खप्तड छेडेदह गाउँपालिका ७ स्वर्ण, ११ रजत, २४ काँस्यसहित सान्त्वना स्थानमा रह्यो। अन्य पालिकाहरूमा त्रिवेणीले ५ स्वर्ण, स्वामीकार्तिक खापरले ४, गौमुलले १, जगन्नाथले १ र हिमालीले १ स्वर्ण पदक प्राप्त गरे।

प्रतियोगिता फागुन १२ गतेदेखि बुढीगंगा नगरपालिकाको भानोदय माविमा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply