विराट कोहलीको पूर्ण फिट ठीक छैन्, तर आफ्नो प्रदर्शनबाट सन्तुष्ट

वैशाख ३
रोयल च्यालेन्जर्स बेंगलुरुका ओपनिङ ब्याटर विराट कोहलीले आफ्नो स्वास्थ्य शतप्रतिशत ठीक नभए पनि टिमको जितमा योगदान दिन सकेकोमा खुसी व्यक्त गरेका छन्।

बुधबार राति लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा कोहलीले ३४ बलमा ४९ रन बनाएका थिए, जसले आरसिबीलाई ५ विकेटको जित दिलाउन मद्दत गर्‍यो।

कोहलीको क्रिकेट करियरमै पहिलो पटक आरसिसीले उनलाई ‘इम्प्याक्ट प्लेयर’ रूपमा मैदानमा उतारेको थियो। खेलपछि कुराकानी गर्दै कोहलीले आफ्नो स्वास्थ्य र खेलबारे बताएका छन्।

कोहलीले पछिल्लो ४-५ दिनदेखि आफू बिरामी रहेको र अझै पनि पूर्ण रूपमा तन्दुरुस्त नभएको बताए। उनले भने, ‘म अझै १०० प्रतिशत फिट छैन। पछिल्लो खेलमा मेरो घुँडामा पनि दुखाइ थियो र केही दिनदेखि अस्वस्थ पनि छु। तर म बिस्तारै लयमा फर्कदैछु।’

यो पालीको आईपीएमा कोहली अहिलेसम्म २२८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् र उनले ‘अरेन्ज क्याप’ पाएका छन्।

बेंगलुरुको गर्मीका कारण चिन्नास्वामी रंगशालाको पिच सामान्य भन्दा ‘स्लो’ भएको कोहलीले बताए। त्यसैले पावरप्ले (सुरुवाती ६ ओभर) मै बढी रन बनाएर विपक्षीलाई दबाबमा राख्ने उनको योजना थियो। उनले सुरुवातमै आक्रामक ब्याटिङ गर्दै १४ बलमा ३४ रन जोडेका थिए।

कोहलीले रजत पाटीदारको ब्याटिङको प्रशंसा गरे। साथै, टिममा रोमारियो सेफर्ड र टिम डेभिड जस्ता विस्फोटक ब्याटरहरू भएकाले आफूलाई निडर भएर खेल्न स्वतन्त्रता मिलेको उनले बताए।

‘हाम्रो ब्याटिङ लाइन-अप निकै आक्रामक छ, जसले गर्दा मलाई सुरुमै खुलेर खेल्ने मौका मिल्छ,’ कोहलीले भने।

खेल निकै छिटो परिवर्तन भइरहेको र धेरै रन बन्ने गरेको भए पनि कोहलीका अनुसार दोस्रो हाफका खेलहरूमा ‘स्मार्ट क्रिकेट’ र दबाब झेल्ने क्षमता महत्त्वपूर्ण हुनेछ। उनले भने, ‘जब प्रतियोगिता अगाडि बढ्छ र प्ले-अफको दबाब बढ्छ, तब बुद्धिमानीपूर्वक खेल्ने टिम नै अगाडि जानेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply