नन्द मावि क्रिकेट प्रतियोगिताको उपाधि राष्ट्रिय मावि पहरियाको पोल्टामा

हेमा भट्ट, जेठ २३
कञ्चनपुर – नन्द माध्यमिक विद्यालय संयुक्त विद्यार्थी समाजद्वारा आयोजित क्रिकेट प्रतियोगिताको फाइनल खेलमा राष्ट्रिय माध्यमिक विद्यालय पहरियाले उत्कृष्ट प्रदर्शन गर्दै नन्द मावि देखतभुलिलाई पराजित गरी उपाधि जित्न सफल भएको छ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा राष्ट्रिय मावि पहरियाका खेलाडीहरूले अनुशासित र प्रभावशाली खेल प्रस्तुत गर्दै विजेता बन्न सफल भएका हुन्। प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, विद्यार्थीमा नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन समारोहमा कृष्णपुर नगरपालिका-३ का वडा अध्यक्ष खेमराज चौधरी ले विजेता तथा उपविजेता खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

वडा अध्यक्ष चौधरीले प्रतियोगिताको सफल आयोजनाका लागि आयोजक संस्था, शिक्षक, अभिभावक तथा सहभागी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय मावि पहरियाको यो जितले विद्यालय परिवारमा उत्साह थप्नुका साथै स्थानीय खेलकुद क्षेत्रमा नयाँ ऊर्जा प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply