अफगानिस्तानविरूद्धको खेल वर्षाले रद्द भए पनि अस्ट्रेलिया सेमिफाइनलमा

फागुन १७ गते धनगढी

आइसिसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया सेमिफाइनलमा पुगेको छ।

समूह ‘बी’ अन्तर्गत अफगानिस्तानविरूद्ध खेल वर्षाले रद्द भए पनि अस्ट्रेलिया अन्तिम चारमा पुगेको हो।

अस्ट्रेलियाले एक खेल जित्दा दुई खेल वर्षाले प्रभावित भए।

यता ३ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको अफगानिस्तान भने बाहिरिने संघारमा छ। किनभने अन्तिम खेलअघि ३ अंक जोडेको दक्षिण अफ्रिकाको रनरेट राम्रो छ। अफगानिस्तानको रनरेट नकारात्मक छ।

अब दक्षिण अफ्रिकाले अन्तिम खेलमा इंग्ल्यान्डसँग कम अन्तरले हारे पनि अन्तिम चारमा पुग्न सक्छ।
यता समूहबाट इंग्ल्यान्ड यसअघि नै बाहिरिएको थियो।

शुक्रबार लाहोरमा पहिले ब्याटिङ गरेको अफगानिस्तान २७३ रनमा अलआउट भयो। जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोड्दा खेल वर्षाले अवरुद्ध भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply