प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु

फागुन २५ धनगढी
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री आचार्यले ब्याटिङ र क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।

प्रतियोगिताको पहिलो खेल अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबिच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply