चैत १ धनगढी
प्रधानमन्त्री (पीएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले तेस्रो हार व्यहोरेको छ । शुक्रबार बागमती प्रदेश सँग सुदूरपश्चिम ५५ रनले पराजित भएको हो ।
लुम्बिनी प्रदेशको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा अलआउट भयो ।
टेक रावतले सर्वाधिक ४५ रन बनाए भने कप्तान नारायण जोशीले ३९ रन बनाए । राहुल भण्डारीले २६ तथा किरण ठगुन्नाले २१ रन बनाए । निश्चल क्षेत्री र शेर मल्लले समान १४ रन बनाए । शेर नटआउट रहेका थिए ।
बागमतीका रिजन ढकालले १० ओभरमा ३० रन दिएर ४ विकेट लिए । सोनु देवकोटाले १० ओभरमा ४९ रन दिएर ४ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाए । आशुतोष घिरैयाले ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।
सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले २(२ विकेट लिए । राहुल भण्डारी र नारायण जोशीले १(१ विकेट लिए ।
सुदूरपश्चिम यसअघि कर्णाली र आर्मीसँग पराजित भएको थियो । चार खेलमा सुदूरपश्चिमको यो तेस्रो हार हो ।