कैलालीमा विदेशी नागरिक मृत भेटिए

वैशाख ५ धनगढी
कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । बिहिबार राती बर्दगोरिया गाउँपालिका – ४ नोमाबोझीमा इग्ल्यान्ड घर भएर टुरिष्ट भिसामा नेपाल आएका ६५ वर्षीय स्पेफन गोर मृत भेटिएका हुन ।

कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरि बस्ने गोर सुतेको कोठामै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि राती ९ बजे ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा गोर मृत भेटिएका थिए । मृतक गोर घुम्नकै लागि नेपाल आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply