YCL नेपाल कृष्णपुर नगरको तेस्रो सम्मेलन भव्यताका साथ सम्पन्न

हेमा भट्ट
कञ्चनपुर — युवा संघ (YCL) नेपाल, कृष्णपुर नगर समितिको तेस्रो नगर सम्मेलन कञ्चनपुरको गुलरियामा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनबाट भीमराज जोशीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नगर समिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट थिए। उनले YCL नेपाल पार्टीभित्र अत्यन्त जिम्मेवार भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै युवाहरूलाई संगठन र समाज रूपान्तरणको अग्रपङ्क्तिमा सक्रिय रहने आह्वान गरेका थिए।

भट्टले भने, “YCL पार्टीको अग्रणी र संघर्षशील संगठन हो, जसले विगतदेखि नै परिवर्तनका हरेक चरणमा सक्रियता देखाउँदै आएको छ।” उनले संगठनको सुदृढीकरण र युवा नेतृत्व विकासका लागि अझ क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए।

सम्मेलनमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा स्थानिय युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply